Like us!
Follow us!
Connect us!
Watch us!

प्रुडेन्सियल इन्स्याेरेन्सकाे लिलामी सेयर भर्ने आज अन्तिम मौका

अर्थ संसार

शुक्रबार, १५ असोज २०७८, १० : ४१ मा प्रकाशित

प्रुडेन्सियल इन्स्याेरेन्सकाे लिलामी सेयर भर्ने आज अन्तिम मौका

महालक्ष्मी विकास बैंक लिमिटेडकाे स्वामित्वमा रहेकाे प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक समूहकाे सेयरमा आवेदन दिने आज (असाेज १५ गते, शुक्रबार) अन्तिम दिन रहेकाे छ ।

बैंकले कम्पनीकाे ७० हजार ६ सय ६९ कित्ता संस्थापक समूहकाे सेयर असाेज १ गतेदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेकाे थियाे । उक्त सेयरकाे न्यूनतम मूल्य ५ सय १ रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले साे वा साेभन्दा बढी मूल्य अंकित गरी बाेलकबाेल गर्नुपर्नेछ ।

लगानीकर्ताले उक्त सेयरमा न्युनतम एक सय कित्तादेखि अधिकतममा सबै कित्ताको लागि आजसम्म आवेदन दिन सक्नेछन् ।  

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेकाे छ । लगानीकर्ताले सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको