Like us!
Follow us!
Connect us!
Watch us!

प्रुडेन्सियल इन्स्योरेन्सकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

अर्थ संसार

बुधबार, २३ चैत्र २०७८, १० : ५४ मा प्रकाशित

प्रुडेन्सियल इन्स्योरेन्सकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (चैत्र २३ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि (चैत्र २४ गते, बिहीबार) बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज चैत्र २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भएर कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीको वार्षिक साधारण सभा वैशाख ११ दियालो लर्डस पर्सा, वीरगन्जमा दिँउसाे १२ः३० बजे सुरु हुनेछ ।

सभामा कम्पनीको माघ २४ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

त्यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको