Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जरको अन्तिम सम्झौता

अर्थ संसार

सोमबार, ०६ चैत्र २०७९, १० : ५१ मा प्रकाशित

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जरको अन्तिम सम्झौता

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका बीच आज दुवै कम्पनीहरु एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएकाे छ ।

अन्तिम सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका अध्यक्ष विशाल अग्रवालले हस्ताक्षर गरेका छन् ।  उक्त सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात् बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड रहने सहमती भएको छ ।

मर्जर सम्बन्धी विशेष प्रस्ताव दुवै कम्पनीको आगामी हुने विशेष साधारण सभामा लगिनेछ । त्यसैगरी दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एवं DDA Report समेतका आधारमा आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर आदान प्रदान अनुपात Swap Ratio क्रमश १००:१०० (१:१) कायम रहनेछ । 

सूचना हेर्नुहाेस् : 

6417eaa4058cd.JPG 6417eaaa3460f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको