Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा प्रुडेन्सियल इन्स्योरेन्सकाे सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेप्से

बुधबार, २३ चैत्र २०७८, १६ : ५१ मा प्रकाशित

नेप्सेमा प्रुडेन्सियल इन्स्योरेन्सकाे सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

स्टकका अनुसार कम्पनीकाे ७ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ६ सय २ रूपैयाँ ८० पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ६ सय ४५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको वार्षिक साधारण सभा वैशाख ११ दियालो लर्डस पर्सा, वीरगन्जमा दिँउसाे १२ः३० बजे सुरु हुनेछ । सभामा कम्पनीको माघ २४ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

 

624d758f1ec0e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको