Like us!
Follow us!
Connect us!
Watch us!

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश परिमार्जन, बाेनससँगै घट्याे नगद

अर्थ संसार

मंगलबार, १६ फागुन २०७९, १० : ५२ मा प्रकाशित

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश परिमार्जन, बाेनससँगै घट्याे नगद

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लाभांश परिमार्जन भएकाे छ । 

यसअघि कम्पनीको पुस १८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३४२ प्रतिशत नगद  लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे । तर बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीले लाभांश परिमार्जन गरेकाे हाे ।

अब भने कम्पनीले ३.३२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.१७५ प्रतिशत नगद गरी कुल ३.५० प्रतिशत मात्रै लाभांश वितरण गर्नेछ ।

 उक्त लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

सूचना हेर्नुहाेस् :

63fd8d8ba57f8.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको