अर्थ संसार, रामपुर – पाल्पाको निस्दी गाउँपालिका–४ भिरपानीमा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु भएको छ ।
जङ्गली च्याउ खाँदा बिरामी परेका ४ वर्षीय रुपेश गाहाको आइतबार राति उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज, प्रभासमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
गत जेठ २६ गते घर नजिकैको जङ्गलबाट खोजेर ल्याइएको जङ्गली च्याउ खाँदा ४५ वर्षीया ऋषिसरा गाहा र उनकी बुहारी २१ वर्षीया इनमाया गाहा, उनका नाति रुपेश गाहा बिरामी परेका हुन् ।
ऋषिसरा र इनमायाको अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।
जङ्गली च्याउ खाँदा रामपुर नगरपालिका–३, गैलुकमा केही समयअघि पाँचजनाको मृत्यु भएको थियो । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस