Like us!
Follow us!
Connect us!
Watch us!

घोडीघोडा र युनिक नेपाल लघुवित्त मर्ज हुँदै, शनिबार विशेष साधारणसभा

अर्थ संसार

शुक्रबार, १५ असोज २०७८, १५ : ०६ मा प्रकाशित

घोडीघोडा र युनिक नेपाल लघुवित्त मर्ज हुँदै, शनिबार विशेष साधारणसभा

घोडीघोडा लघुवित्तको विशेष साधारणसभा शनिबार बस्दैछ । होटल रुबस बैयाबेहडी धनगढी कैलालीमा बिहान ११ः३० बसे सुरु हुने सभामा घोडीघोडा लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्तसँग मर्ज हुने प्रस्ताव पेस हुनेछ । 

सभामा घोडीघोडाको एक सय कित्ता सेयर बराबर युनिक नेपालको ५० कित्ता सेयर अनुपातमा मर्जर हुने प्रस्ताव पेस हुनेछ । यता, घोडीघोडा र युनिक नेपाल एक आपसमा मर्ज हुने टुंगो लागेपछि २३ कात्तिक ०७७ देखि घोडीघोडाको सेयर कारोबार रोक्का भएको छ । 

अब दुई कम्पनी मर्ज भएपछि घोडीघोडा लघुवित्तको नामबाट सेयर कारोबार खुला हुनेछ । यी दुई कम्पनीबीच २१ कात्तिक ०७७ मा मर्जसम्बन्धी सहमतिमा हस्ताक्षर भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको