Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्जरमा, १:१ अनुपातमा एकआपसमा गाभिने

अर्थ संसार

आइतबार, ०४ साउन २०८२, १० : १० मा प्रकाशित

पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्जरमा, १:१ अनुपातमा एकआपसमा गाभिने

पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स लिमिटेड मर्जरमा जाने पक्का भएको छ। आज बिहान पोखरास्थित होटल ल्यान्डमार्कमा आयोजित कार्यक्रममा दुई संस्थाबीच मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौतामा पोखरा फाइनान्सका तर्फबाट अध्यक्ष तिलबहादुर गुरूङ र समृद्धि फाइनान्सका तर्फबाट अध्यक्ष सुदीप घिमिरेले हस्ताक्षर गरेका छन्।

र मर्जर १:१ अनुपातमा हुने सहमति भएको बुझिएको छ। मर्जरपछि एकीकृत संस्था पोखरा फाइनान्स लिमिटेड नाममै सञ्चालन हुने तय भएको छ।

दुवै संस्थाले नियामकीय प्रक्रिया पूरा गरी मंसिर महिनाभित्र एकीकृत कारोबार सुरु गर्ने लक्ष्य लिएका छन्। नेपाल राष्ट्र बैंकबाट मर्जरमा जाने विषयमा स्वीकृति प्राप्त भएपछि मात्रै सेयर कारोबार रोक्का हुने नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले जानकारी दिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको