Like us!
Follow us!
Connect us!
Watch us!

जाल्पा र किसान लघुवित्त मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

अर्थ संसार

मंगलबार, २० चैत्र २०८०, १० : २१ मा प्रकाशित

जाल्पा र किसान लघुवित्त मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं. ११ रुपन्देहीमा रजिष्टर्ड कार्यालय रहेको जाल्पा सामुदायिक लघुवित्त र लम्कीचुहा नगरपालिका वडा नं. ४ कैलालीमा रजिष्टर्ड कार्यालय भएको किसान लघुवित्तबीच हिजो आइतबार साँझ ५ बजे गाभ्ने गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । १:०.८८३४ सेयर स्वाप रेसियोमा दुई लघुवित्त मर्जरमा जान लागेका हुन् ।

जाल्पा लघुवित्तको हाल चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ रहेको छ भने किसान लघुवित्तको हाल चुक्ता पुँजी ५० करोड ४३ लाख ६६ हजार पाँच सय रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको