Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि एकीकृत वित्तीय कारोबार थाल्दै नेरुडे र मिर्मिरे लघुवित्त, सेयर कारोबार रोक्का

अर्थ संसार

बुधबार, ३० फागुन २०८०, ०९ : ५६ मा प्रकाशित

आजदेखि एकीकृत वित्तीय कारोबार थाल्दै नेरुडे र मिर्मिरे लघुवित्त, सेयर कारोबार रोक्का

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर प्रक्रिया सम्पन्न भएसँगै फागुन ३० गतेदेखि एकीकृत वित्तीय कारोबार शुरु गर्ने भएका छन् ।

दुवै वित्तीय संस्थाले गत वैशाख १० गतेको विशेष साधारण सभाबाट मर्जरको विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकबाट कार्तिक ३ गते र नेपाल धितोपत्र बोर्डबाट कार्तिक २४ गते अन्तिम स्वीकृति तथा नेपाल सरकार, उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयबाट गाभ्ने/गाभिने (मर्जर) गर्ने सम्बन्धमा स्वीकृती प्राप्त गरिसकेका छन् । मर्जरपछि फागुन २२ गते बसेको सञ्चालक समितिको बैठकले फागुन ३० गते बुधबारको दिनदेखि एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसैगरी धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को निर्देशन ९ बमोजिम मर्जर पश्चात  दुवै कम्पनीको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनको लागि एकीकृत कारोबार सुरु हुने दिन फागुन ३० देखि दुवै लघुवित्तको शेयर कारोबार पनि रोक्का हुने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको