अर्थ संसार, काठमाडौं – शंकर गु्रप अन्तर्गतको भगिनी कम्पनी, जगदम्बा स्टील्सले नेपाली बजारमा ग्यारेण्टिड डक्टिलिटी सहितको एफई ५००डी ग्रेडमा राईनो स्टील्स फलाम डन्डीको उत्पादन थालेको छ ।
उत्त एफई ५००डी ग्रेडमा राईनो स्टील्स फलाम डन्डीको उत्पादनका सम्बन्धमा प्राविधिक जानकारी प्रदान गर्न कम्पनीले स्वयम्भु स्थित ठुलो भर्याङ्गमा ईन्जिनियरहरुका लागि टेक्निकल मिटको आयोजना गरको हो ।
कम्पनीद्वारा आयोजित टेक्निकल मिटमा जगदम्बा स्टील्स प्रालिका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर आनन्द नेपालले राईनो ५००डी नेपालमा भएको अहिलेका अन्य फलामे डन्डी भन्दा भित्र र एक स्तरमाथिको गुणस्तरीय फलामे छड पहिलो पटक नेपालमा ल्याइएको जानकारी दिनुभयो ।
उहाँले उत्पादन प्रक्रिया, भौतिक तथा रासायनिक गुणको समिश्रणलगायत कारणले यो छड बजारमा उपलब्ध अन्य उपलब्ध छडभन्दा विशेष र पृथक रहेको बताउनुभयो ।
ग्रेड एफई ५००डीमा कम्पनीले सल्फर र फसफोरसको समिश्रणको अधिकतम् ०.०७५ प्रतिशत मात्र प्रयोग गरेको छ । यसले गर्दा छड अत्यधिक मजबुत हुनुका साथै बजारमा पाइने डन्डी (एफई ५०० ग्रेड) भन्दा ३३ प्रतिशत बढी लचक हुने उहाँले बताउनुभयो ।
कम्पनीका अनुसार उच्च डक्टिलिटी, लचकता र शक्ति सहितको राइनो ५००डी उच्च भुकम्पीय जोखिम भएको हाम्रो जस्तो देशका लागि अति उपयुक्त छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस