Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु क्यापिटलको डबल धमाका अफर : १ रुपैयाँमा डिम्याट खाता, नि:शुल्क सेयर बजारको तालिम

अर्थ संसार

सोमबार, १८ असोज २०७८, १३ : २४ मा प्रकाशित

प्रभु क्यापिटलको डबल धमाका अफर : १ रुपैयाँमा डिम्याट खाता, नि:शुल्क सेयर बजारको तालिम

बडा दशैं, तिहार तथा छठपर्वको उपलक्ष्यमा प्रभु क्यापिटलले डबल धमाका नामको अफर सञ्चालन गरेको छ ।  यस अफर अन्तर्गत प्रभु क्यापिटलमा दैनिक १ रुपैयाँमा डिम्याट खाता खोल्न सकिने र निःशुल्क सेयर बजार सम्बन्धी विशेषज्ञ तालिम लिन सकिने क्यापिटलले जनाएको छ।

क्यापिटलमा दैनिक डिम्याट खाता खोल्नेमध्ये भाग्यमानी १० जना ग्राहकहरुलाई यो योजना अन्तर्गत छनौट गरिनेछ । यसरी छनौट भएका भाग्यमानी ग्राहकहरुलाई खाता खोलीसके पछि रु. १९९ मा २५ प्रतिशत टिडिएस कट्टि गरी बाँकी रकम ग्राहकको वालेटमा फिर्ता गरिने क्यापिटलले जनाएको छ ।

दैनिक छनौट भएका १० जना भाग्यमानी ग्राहकहरुलाई प्रत्येक साता शनिबारको दिन पारेर साताभरीबाट छनौट भएका ७० जना ग्राहकहरुलाई सेयर बजारसम्बन्धी आधारभुत तालिम प्रदान गरिनेछ । जसमा नेपालको सेयर बजारसम्बन्धी महत्वपूर्ण जानकारी सहित बेसिक फण्डामेन्ट तथा टेक्निकल विश्लेषण, सेकेण्डरी बजारमा कारोबार गर्दा ध्यान दिनुपर्ने विषय सम्बन्धी विषयवस्तुहरु रहनेछन् । यस्तो तालिम २ घण्टा देखि ३ घण्टाको हुनेछ । 

यस योजनामा नयाँ डिम्याट खाता खोल्न चाहने ग्राहकले भौतिक फारम भरेर तथा प्रभु क्यापिटलको वेवसाइटबाट अनलाइनमाध्यमबाट डिम्याट खाताको लागि आवेदन दिनुपर्नेछ । रकम फिर्ता लिनको लागि ग्राहकले इसेवा, प्रभु पे, आइएमई पे लगायत स्वीकृत प्राप्त कुनै पनि वालेट प्रदान गर्नुपर्नेछ । 

यो योजनाको अवधि असोज १८ गतेदेखि कार्तिक २५ गतेसम्म हुनेछ र यो योजनाको अन्त्यमा योजना अवधिभरी खुलेका सबै डिम्याटहरु मध्येबाट भाग्यमानी २० जनालाई प्रभु क्यापिटलले प्रदान गर्ने पिएमएसको कुनै पनि योजनामा वार्षिक शुल्क निःशुल्क गरिनेछ । दैनिक विजेताहरुको सूची १ दिन पछि प्रभु क्यापिटलको फेसबुक पेज तथा भाइबर कम्युनिटीमार्फत सार्वजनिक गरिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको