Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु क्यापिटलका हितग्राही खाताहरुलाई गुहेश्वरी डेन्टलमा बम्पर छुट

अर्थ संसार

आइतबार, ०३ भदौ २०८०, १८ : १५ मा प्रकाशित

प्रभु क्यापिटलका हितग्राही खाताहरुलाई गुहेश्वरी डेन्टलमा बम्पर छुट

प्रभु क्यापिटल लिमिटेडका हितग्राही खाताहरुलाई Guheswori Dental Multispeciality And Implant Hub Pvt. Ltd. मा बम्पर छुट दिइने भएकाे छ । 

प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकहरुको Dental सम्बन्धी कुनै पनि उपचार गर्दा लाग्ने खर्चको लागि Guheswori Dental Multispeciality And Implant Hub Pvt. Ltd. सँग मिति २०८० साल भाद्र १ गते सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र Guheswori Dental Multispeciality And Implant Hub Pvt. Ltd. को तर्फबाट संचालक दिपेश गोर्खालीले हस्ताक्षर गरेका हुन् । क्यापिटलका ग्राहकहरुले Guheswori Dental Multispeciality And Implant Hub Pvt. Ltd. मा सेवा लिँदा १५% छुट पाउन सक्छन्  ।

यो योजनाबाट लाभ लिन हितग्राहीहरुले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेका जानकारी सहित हितग्राही खाता नम्बर Guheswori Dental Multispeciality And Implant Hub Pvt. Ltd. लाई उपलब्ध गराउनु पर्नेछ । यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट १ वर्ष सम्म लिन सक्नेछन् ।

ललितपुर, पुलचोकमा रहेको Guheswori Dental Multispeciality And Implant Hub Pvt. Ltd., अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको छ । यस Guheswori Dental Multispeciality and Implant Hub Pvt. Ltd.  बाट ग्राहकहरुले डेन्टल चेकअप, डेन्टल फिलिङ्ग, तिथ ब्लीचिंग, डेन्टल एक्सट्राक्सन, तथा अन्यसेवा लिन सकिने क्यापिटलले जनाएको छ । 

प्रभु क्यापिटलले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सहज तरिकाले सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख ३० हजार माथि हितग्राही ग्राहकलाई डीपी सेवा प्रदान गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको