Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु क्यापिटलका हितग्राही खाताहरुलाई टाेटल फिजिकल फिटनेस सेन्टरमा बम्पर छुट

अर्थ संसार

शुक्रबार, ०१ भदौ २०८०, १० : १६ मा प्रकाशित

प्रभु क्यापिटलका हितग्राही खाताहरुलाई टाेटल फिजिकल फिटनेस सेन्टरमा बम्पर छुट

प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकहरुको शारिरिक व्यायमको लागि Total Physical Fitness Center सँग मिति २०८० साल साउन ३१ गते सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र Total Physical Fitness Center को तर्फबाट प्रबन्ध निर्देशक सुमन पण्डितले हस्ताक्षर गरेका हुन । क्यापिटलका ग्राहकहरुले Fitness Center मा सेवा लिदाँ २८% सम्म छुट पाउनका साथै निशूल्क साउना कुपन पाउने भएका छन् ।

यो योजनाबाट लाभ लिन हितग्राहीहरुले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेका जानकारी सहित हितग्राही खाता नम्बर Total Physical Fitness Center लाई उपलब्ध गराउनु पर्नेछ यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट ५ वर्षसम्म लिन सक्नेछन् ।

काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा रहेको Total Physical Fitness Center अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको छ । यस फिटनेस सेन्टरमा फ्लेक्स र टोन, तौल घटाउने, को–एड बक्सिङ, बर्न्स र एब्स, स्पिनिङ, किक बक्सिङ, स्टेप एण्ड टोन, कार्डियो, जुम्बा, योग र जिम जस्ता विभिन्न उपकरणहरु रहेका छन र उक्त Fitness Center मा भर्ना भएपश्चात शुरुमा सात दिनको प्रशिक्षण कार्यक्रम संचालन हुने र अन्य दिनमा समेत प्रशिक्षकको निगरानीमा सम्पूर्ण व्यायमहरु गर्न पाईनेछ । खानपानमा समेत ध्यान दिदैं Fitness Center मा Dietician को पनि व्यवस्था रहेको क्यापिटलले जनाएको छ ।

प्रभु क्यापिटलले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सहज तरिकाले सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख ३० हजार माथि हितग्राही ग्राहकलाई डीपी सेवा प्रदान गरिरहेको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको