Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु क्यापिटलको 'प्रभु बिग सट' सार्वजनिक

अर्थ संसार

शनिबार, २० असोज २०८०, २० : ५२ मा प्रकाशित

प्रभु क्यापिटलको 'प्रभु बिग सट' सार्वजनिक

प्रभु क्यापिटल लिमिटेडले आश्विन १९ गते पन्ध्रौ साधारण सभाको अवसर पारेर “प्रभु बिग सट” नामक लगानी व्यवस्थापन सेवा सार्वजनिक गरेको छ । हालको लगानी व्यवस्थापन सेवा साधारण जनतालाई मात्र केन्द्रित भएको जनाउदैं उक्त लगानी व्यवस्थापन सेवा भने उच्च नेटवर्थ भएका व्यक्ति तथा संस्थाहरुलाई केन्द्रित भएको क्यापिटलले जनाएको छ ।

उच्च पदस्त व्यक्तिहरुलाई समय व्यस्तता हुने र लगानीमा उचित समय दिन नसकिने समस्यालाई मध्यनजरमा राखी सो योजना क्यापिटलले सुरुवात गरेको छ ।

यो योजनाको विशेषता निम्न अनुसार रहेको छः

न्यूनतम लगानीः ५० लाख

न्यूनतम लगानी अवधिः ३ वर्ष

ह्र्डल रेटः ८ प्रतिशत

वार्षिक व्यवस्थापन शुल्क (एएमसी): १ प्रतिशत

मुनाफामा लाग्ने शुल्कः १५ प्रतिशत

क्यापिटलका अनुसार लगानीकर्ताले रु ५० लाखबाट यो लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । रु ५० लाख लगानीकर्ताले क्यास, आफ्नो शेयर पोर्टफोलियो, अथवा क्यास र शेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । सेवामा आबद्ध भई ग्राहकहरुले विशेष प्रीमियम प्याकेजको लाभ समेत लिन सकिने क्यापिटलले जनाएको छ । 

विशेष प्रिमियम प्याकेज अन्तर्गत ग्राहकको एकाघर घर परिवारका सदस्यहरुलाई आजीवन निःशुल्क डिम्याट खाता, क्यापिटलको अन्य लगानी व्यवस्थापन योजनाहरुमा वार्षिक शुल्क तथा मुनाफामा लाग्ने शुल्कमा ५० प्रतिशत छुट र निःशुल्क लगानी सम्बन्धि परामर्श तथा उत्कृष्ट कम्पनीहरुको संस्थापक शेयरमा लगानीको प्रस्ताव तथा अवसर प्रदान गरिने क्यापिटलले उल्लेख गरेको छ ।

क्यापिटलका अनुसार यो सेवा बजारको समय सापेक्ष ल्याइएको तथा नेपालीहरुको महान चाड दशैँ, तिहार तथा छठको अवधि भित्र यस योजना संग जोडिने लगानीकर्ताहरुलाई योजनामा लाग्ने शूल्कमा थप छुटको व्यवस्था समेत गरिएको छ ।  

क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ई–मेल मार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ । ग्राहकले प्रभु क्यापिटलको डिजिटल एप मार्फत पनि आफ्नो पोर्टफोलियो दैनिक हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको