अर्थ संसार, काठमाडौं– अब देखि जथाभावी सडक पार गर्ने पैदलयात्रीसँग लिइदै आएको २०० रुपैयाँ जरिवाना हटेको छ ।
चौतर्फी चर्को आलोचना भएपछि जरिवारना हटेपनि यात्रु क्लास लिनुपर्नेछ । मंगलबार (आज) गृहमन्त्री जनार्दन शर्माले प्रहरी प्रमुख र ट्राफिक प्रहरी महाशाखा प्रमुखलाई बोलाएर छलफल गरेका थिए ।
गृहमन्त्री शर्माको निर्देशन पछि नगद जरिवाना हटाइएको हो ।जेठ १६ गतेबाट सुरु भएको यो कारबाहीमा झण्डै २० हजार पैदलयात्रु परिसकेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस