Like us!
Follow us!
Connect us!
Watch us!

परिसंघमा कृषि परिषद् विकास गठन

अर्थ संसार

सोमबार, १८ असोज २०७८, १७ : १४ मा प्रकाशित

परिसंघमा कृषि परिषद् विकास गठन

नेपाल उद्योग परिसंघ अन्तर्गत कृषि विकास परिषद् गठन भएको छ । परिसंघका राष्ट्रिय परिषद् सदस्य विकासकुमार दुगरको नेतृत्वमा परिषद् गठन भएको हो । परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी परिषदमा कोअर्डिनेटिङ उपाध्यक्ष रहेका छन् । 

परिषदले नेपालमा कृषि क्षेत्रको विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरोकारवाला निकायसँग समन्वय गरी कार्य अघि बढाउनेछ । कृषि क्षेत्रको विकास तथा कृषकको जीवनस्तर सुधारका लागि आवश्यक पर्ने प्राविधिक सहयोगको लागि पैरवी गर्ने उद्देश्यले गठन गरिएको यस परिषदले नेपाली कृषि उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा पुर्याउन सहजीकरण गर्नेछ । 

पहिलो चरणमा नमूना स्वरूप एउटा गाउँपालिकाको पहिचान गरी त्यहाँको माटोमा उत्पादन गर्न सकिने बाली पहिचान गर्ने र त्यस बालीको उन्नतस्तरको बिउबिजन कृषकहरुलाई उपलब्ध गराउने योजना परिषदको रहेको छ । 

परिषदको सदस्यहरूमा पवन कुमार गोल्यान, प्रेम लामा, डा. दिल्ली राम शर्मा, सागर गौतम, राशी संघाई र सतिश श्रेष्ठ रहेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको