Like us!
Follow us!
Connect us!
Watch us!

आईपिओ निष्काशनको प्रस्तावसहित अभियान लघुवित्तले डाक्यो साधारणसभा

अर्थ संसार

मंगलबार, १९ असोज २०७८, ११ : २८ मा प्रकाशित

आईपिओ निष्काशनको प्रस्तावसहित अभियान लघुवित्तले डाक्यो साधारणसभा

अभियान लघुवित्त वित्तीय संस्थाले १३ कात्तिकमा दोस्रो वार्षिक साधारणसभा डाकेको छ । लघुवित्तले काभ्रेपलाञ्चोक पनौतीमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने तयारी थालेको हो ।

सभाले गत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्नेछ । कम्पनीले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती गर्ने विषयमा पनि छलफल हुनेछ ।

सभामा संस्थाले चालू आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयमा छलफल गर्नेलगायतको एजेण्डा छ । साथै, कम्पनीले सर्वसाधारणमा प्राथमिक सेयर आईपीओ जारी गर्ने सम्बन्धमा पनि सभाबाट अख्तियारी प्राप्त गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको