Like us!
Follow us!
Connect us!
Watch us!

कोभिडका कारण वायु सेवा क्षेत्रमा २ सय अर्ब नोक्सान

अर्थ संसार

मंगलबार, १९ असोज २०७८, १४ : १६ मा प्रकाशित

कोभिडका कारण वायु सेवा क्षेत्रमा २ सय अर्ब नोक्सान

कोरोना भाईरसका कारण विश्वभर वायु सेवा क्षेत्रमा २ सय अर्ब डलर नोक्सान भएको छ । इन्टरनेसनल एयर ट्रान्सपोर्ट एशोसियसन (आइएटीए) को अमेरिकामा सम्पन्न वार्षिक बैठकमा यस्तो जानकारी दिएको हो । कोभिडको प्रकोप नियन्त्रण नभएकाले अर्को वर्ष पनि वायु सेवामा यसको असर देखिने एसोसियशनले जनाएको छ ।

एयरलाईन्सले सामना गरेको क्षति उसले नौ वर्षमा गर्ने आम्दानी बराबर भएको जनाइएको छ ।  राष्ट्रिय र क्षेत्रीय हवाई सेवा पुनः सुरु भए पनि अन्तर्राष्ट्रिय हवाई सेवा पूर्ववत अवस्थामा फर्किनसकेको बताइएको छ । 

‘वायु सेवामा कोभिडको असर ठूलो देखियो’ आइएटीएका निर्देशक जनरल विली विभिन्न देशका वायु सेवाका प्रमुखहरूको वैठकलाई सम्बोधन गर्दै वाल्सले भने । 

‘कोभिडपछिको हवाई प्रतिवन्धका कारण मानिसहरु हवाई यात्राको आशा मार्न थालेका छन् ।’ उनले थपे, ‘अन्तर्राष्ट्रिय प्रतिवन्ध, अनिश्चितता, स्वास्थ्य मापदण्ड इत्यादिले सर्वसाधरणलाई सहज यात्रा गर्न कठिनाई भएको छ ।’
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको