Like us!
Follow us!
Connect us!
Watch us!

एमिरेट्सले अक्टोबरदेखि उडानमा पावर बैंक प्रयोगमा प्रतिबन्ध

अर्थ संसार

आइतबार, २५ साउन २०८२, ०८ : ५८ मा प्रकाशित

एमिरेट्सले अक्टोबरदेखि उडानमा पावर बैंक प्रयोगमा प्रतिबन्ध

यूएईको प्रमुख राष्ट्रिय एयरलाइन एमिरेट्सले अक्टोबर देखि आफ्ना सबै उडानहरूमा पावर बैंकको प्रयोग प्रतिबन्धित गर्ने घोषणा गरेको छ।

नयाँ नियम अनुसार एकजना यात्रुले एकमात्र १०० वाटको पावर बैंक क्याबिन ब्यागेजमा लिएर जान पाउनेछन्, तर उडानको समयमा पावर बैंकबाट कुनै पनि उपकरण चार्ज गर्न वा पावर बैंकलाई विमानको पावर सप्लाईबाट चार्ज गर्न पाइने छैन।

नयाँ नियम

  • प्रत्येक यात्रुले एक वटा मात्र पावर बैंक बोकेर जान पाउने, जुन १०० वाट-घण्टा भन्दा बढी हुनु हुँदैन।

  • पावर बैंकमा क्षमता (वाट-घण्टा) स्पष्ट रूपमा लेखिएको हुनुपर्छ।

  • उडानमा पावर बैंकबाट मोबाइल वा अन्य उपकरण चार्ज गर्न अनुमति छैन।

  • विमानको पावर सप्लाईबाट पावर बैंक चार्ज गर्न रोक लगाइएको छ।

  • पावर बैंकलाई सीटको अगाडि रहेको पोकेट वा सीट मुनि राख्नुपर्नेछ, ओभरहेड स्टोरेज बिनमा राख्न पाइँदैन।

  • पावर बैंकलाई चेकड ब्यागेजमा राख्न अनुमति छैन।

किन यो नियम लागू गरियो?

एमिरेट्सले आफ्नो सुरक्षा समीक्षामा पावर बैंकको प्रयोग र ल्याथियम ब्याट्रीसँग सम्बन्धित दुर्घटनाहरूमा वृद्धि देखिएको जनाएको छ। ल्याथियम आयन र ल्याथियम पोलिमर ब्याट्रीहरूमा ‘थर्मल रनअवे’ नामक समस्या आउन सक्ने हुन्छ, जसले ब्याट्री भित्र अत्यधिक तातो उत्पन्न गरी आगो लाग्ने, विस्फोट हुने वा विषाक्त ग्यास निस्कने जोखिम बढाउँछ।

यो जोखिम न्यूनिकरण गर्न र यात्रुको सुरक्षामा जोड दिँदै एमिरेट्सले यस्तो कडा नियम लागू गरेको हो।

यो नीति अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएसन (IATA) को खतरनाक वस्तु सम्बन्धी मापदण्ड अनुसार ल्याथियम ब्याट्रीको अधिकतम क्षमता १०० वाट-घण्टा नाघ्नु नहुने नियमसँग मेल खान्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको