वैश्विक यात्रा र कनेक्टिभिटीमा एयरलाइन्सहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। त्यसैले सुरक्षा सधैं प्राथमिक जिम्मेवारीमा पर्छ।
हालै भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाले उड्डयन सुरक्षाप्रति गम्भीर चासो बढाएको बेला, AirlineRatings.com ले सन् २०२५ का लागि सबैभन्दा सुरक्षित एयरलाइन्सहरूको सूची सार्वजनिक गरेको छ।
१० सुरक्षित एयरलाइन्सहरू
- एयर न्यूजिल्यान्ड
न्युजिल्यान्डको राष्ट्रिय ध्वजाबाहक यो एयरलाइन्स अत्याधुनिक विमानहरूको प्रयोग र कडा सुरक्षा मापदण्डको लागि परिचित छ।
- क्वान्टास
अस्ट्रेलियाली यो एयरलाइन्स विश्वभर सेवा पुर्याउँछ र हालसम्म गम्भीर दुर्घटनाविहीन इतिहास राखेको छ।
- क्याथे प्यासिफिक
हङकङमा आधारित यो एयरलाइन्सले कर्मचारी प्रशिक्षण र न्यून दुर्घटनादरका कारण विश्वसनीयता कमाएको छ।
- कतार एयरवेज
अत्याधुनिक फ्लिट र कडाइका साथ पालना गरिने सुरक्षा प्रोटोकलहरूका कारण कतारको यो राष्ट्रिय एयरलाइन्स शीर्ष स्थानमा परेको हो।
- एमिरेट्स एयरलाइन्स
संयुक्त अरब इमिरेट्सको यो प्रमुख एयरलाइन्सले एकदमै नयाँ र प्रविधिमैत्री वाइडबडी विमान सञ्चालन गर्छ।
- भर्जिन अस्ट्रेलिया
सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै कडा सुरक्षा प्रक्रिया अपनाउने अस्ट्रेलियाली एयरलाइन्स।
- इतिहाद एयरवेज
अबु धाबीस्थित यो एयरलाइन्स सशक्त सुरक्षा रेकर्ड र नयाँ पुस्ताको विमान प्रयोगका लागि चर्चित छ।
- एएनए (अल निप्पोन एयरवेज)
जापानको सबैभन्दा ठूलो एयरलाइन्स, सञ्चालनमा परिशुद्धता र सुरक्षित सेवाका लागि ख्यातिप्राप्त।
- इभा एयर
ताइवानमा आधारित यो एयरलाइन्स नियमित मर्मतसम्भार र दुर्घटनारहित इतिहासका लागि उच्च स्थानमा छ।
- कोरियन एयर
दक्षिण कोरियाको प्रमुख एयरलाइन्स, जसले विश्वव्यापी सुरक्षात्मक श्रेणीमा निरन्तर सुधार गरिरहेको छ।
यी एयरलाइन्सहरू सुरक्षा मापदण्ड, पाइलट प्रशिक्षण, मर्मतसम्भार, र प्राविधिक दक्षताका आधारमा उच्च मूल्यांकनमा परेका हुन्। यो सूची यात्रुहरूका लागि सुरक्षित गन्तव्य र विश्वसनीय सेवा छनोट गर्न सहयोगी हुने अपेक्षा गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस