Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, २० असोज २०७८, ०७ : २२ मा प्रकाशित

सिटिजन्स बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सिटिजन्स बैंक लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (असाेज २० गते, बुधबार) अन्तिम दिन रहेकाे छ । 

बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि असाेज २२ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । भाेलि असाेज २१ गते सार्वजनिक बिदा परेकाे हुनाले आज असाेज २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकको असोज ८ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको