Like us!
Follow us!
Connect us!
Watch us!

बाराका किसानहरुलाई मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम

अर्थ संसार

बुधबार, २० असोज २०७८, १२ : ३९ मा प्रकाशित

बाराका किसानहरुलाई मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम

मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट र बारा जिल्लाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ । 

मेगा बैंकले उर्बर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा बारा जिल्लाको महागढीमाई नगरपालिकाका किसानहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बैंकको ब्याज अनुदानसहितको कृषि कर्जा, बचत, मेगा किसान कार्ड तथा अन्य सेवा सुविधाहरुको बारेमा जानकारी प्रदान गरेको हो । 

बैंकले वित्तीय साक्षरता कार्यक्रममार्फत तरकारी खेती एवं माछा मासु उत्पादनको पकेट क्षेत्रको रुपमा विकास भएको बाराका जिल्लाको महागढीमाईका किसानहरुलाई ब्यवसायिक भई कृषि कर्जाको उच्चतम सदुपयोग गर्नुपर्ने सम्बन्धमा अन्तक्रिया समेत गरेको छ ।

कार्यक्रममा मेगा बैंकका विभगिय प्रमुख पुण्यप्रसाद खनिया, प्रदेश नम्बर २ का प्रमुख यशपाल कुमार तिब्रेवाल, बिरगञ्ज शाखाका प्रमुख बेलाल अहमदले बैंकिङ्ग सेवा सुविधाहरु, बचत, ऋण, रेमिटान्स, बचत गर्ने उपायहरु, बचत तथा ऋणको महत्वको बारेमा जानकारी दिएका थिए । नेपाल कृषि प्रधान देश भएतापनि कृषिमा आत्मनिर्भर नभएको वर्तमान अवस्थामा आधुनिक ढंगले कृषि व्यवसाय गर्न सके कृषि क्षेत्रमा राम्रो योगदान दिन सकिने र कृषकहरुको आर्थिक जीवनस्तर पनि माथि उठाउन सकिने कुरालाई उनीहरुले जोड दिएका थिए । 

उर्वर नेपालसँगको सम्झौतापश्चात मेगा बैंकले ग्रामीण भेगका किसानहरुलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नको लागि लघु, साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण व्यवसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्दै आएको छ । साथै, मेगा बैंकले कृषकहरुलाई किसान कार्ड उपलब्ध गराउँदै आएको छ । किसान कार्डमार्फत कृषकहरुले आफूलाई आवश्यक परेको कृषि सामग्रीहरु, बीऊ, मल, किटनाशक औषधी लगायतका सामानहरु तेकिएको कृषि सहकारी तथा कृषि सामग्री पसलहरुबाट खरिद गर्न सक्नेछन् । किसान कार्ड मेगा बैंकले कृषकहरुलाई जारी गरेको पहिलो आधुनिक बैंकिङ्ग सेवा हो, जसले किसानहरुलाई बैंकिङ्ग तथा साना कर्जा कारोबार गर्न सहज र सरल भएको छ ।

उत्त कार्यक्रममा उर्बर नेपालका अध्यक्ष सुदर्शन कार्की, उर्बर नेपाल रौतहटाका जिल्ला संयोजक गौरीशंकर पाण्डे  लगायतले उर्बर नेपालले किसानहरुको उत्पादन उर्बर बजार मार्फत उपभोक्ता समक्ष पहुँच पुर्याउने ब्यहोरा बताएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको