Like us!
Follow us!
Connect us!
Watch us!

हिमालय ऊर्जाले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

अर्थ संसार

शुक्रबार, २२ असोज २०७८, ११ : ३३ मा प्रकाशित

हिमालय ऊर्जाले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

कम्पनीकाे असोज २० गते बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे २०औँ र २१औँ वार्षिक साधारण सभा कार्तिक २४ गते, सिद्धार्थ कटेज रेष्टुरेन्ट एन्ड बार तिनकुने काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा आर्थिक वर्ष २०७६/०७७, २०७७/०७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको