Like us!
Follow us!
Connect us!
Watch us!

२०० प्रतिशत हकप्रद निष्कासन गर्न हिमालयन उर्जाले चुन्याे बिक्री प्रबन्धक

अर्थ संसार

मंगलबार, १७ माघ २०७९, १० : ४५ मा प्रकाशित

२०० प्रतिशत हकप्रद निष्कासन गर्न हिमालयन उर्जाले चुन्याे बिक्री प्रबन्धक

हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि बिक्री प्रबन्धक नियुक्त गरेकाे छ ।

कम्पनीकाे माघ १३ गते शुक्रबार बसेको सञ्चालक समितिकाे बैठकले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको थियाे ।कम्पनीले १ः२ को अनुपातमा २ सय प्रतिशत हकप्रद निष्कासन गर्नेछ । 

कम्पनीले साेही हकप्रद निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेकाे हाे । यसका साथै, कम्पनीले रेटिङकाे लागि पनि क्रेडिट रेटिङ नेपालसँग सम्झाैता गरेकाे छ ।

सञ्चालक समितिले प्रस्ताव गरेकाे हकप्रद सेयर नियमनकारी निकाय विद्युत नियमन आयोगको पूर्व स्वीकृतिका लागि पेश गरी सहमति प्राप्त भएपछि र आगामी बस्ने कम्पनीको वार्षिक साधारण सभाबाट अनुमोदन गरी नेपाल धितोपत्र बोर्ड समक्ष अन्तिम स्वीकृतिको लागि पेश भई हकप्रद सेयर जारी तथा निष्कासनको स्वीकृति प्राप्त भएपश्चात् मात्र हकप्रद सेयर निष्काशन तथा बिक्री गरिनेछ ।

सूचना हेर्नुहाेस् :

63d8a35c9fa27.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको