हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिएकाे छ ।
कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न असार ३१ गते, धिताेपत्र बाेर्डमा निवेदन दिएकाे हाे । कम्पनीले १:१ काे अनुपातमा प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९९ लाख कित्ता हकप्रद निष्कासन गर्नेछ ।
कम्पनीले साेही हकप्रद निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस