Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्यालीकाे साधारण सभा गर्ने स्थान परिवर्तन, अब कहाँ ?

अर्थ संसार

शनिबार, २३ असोज २०७८, १२ : १६ मा प्रकाशित

अरुण भ्यालीकाे साधारण सभा गर्ने स्थान परिवर्तन, अब कहाँ ?

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे वार्षिक साधारण सभा गर्ने भनिएकाे स्थान परिवर्तन भएकाे छ ।

यसअघि कम्पनीकाे वार्षिक साधारण सभा कम्पनीको कार्यालय रहेको दोश्रो तल्ला ट्रेड टावर नेपाल, थापाथली, काठमाडौंमा भर्चुअल माध्यमबाट गर्ने भनेकाेमा विविध कारणवस उक्त स्थानमा साधारण सभा गर्न नसकिने भएकोले अब होटल ल्याण्डमार्क दरबारमार्ग, काठमाडौंबाट भर्चुअल माध्यमबाट गर्ने निर्णय भएकाे कम्पनीले एक सूचना प्रकाशन गरी जानकारी दिएकाे छ ।

कम्पनीकाे चाैबिसाैँ वार्षिक साधारण सभा भाेलि असाेज २४ गते बिहान ११ बजेबाट सुरू हुनेछ । कम्पनीले हालको कोभिड-१९ को जोखिम कायमै रहेको कारणले नेपाल सरकारले जारी गरेको सुरक्षा मापदण्डको पूर्ण पालना गरी सभा सम्पन्न गर्नुपर्ने विशेष परिस्थितिका कारण शेयरधनीहरूलाई भर्चुअल माध्यमबाट उपस्थितीको लागि आग्रह गरेकाे छ ।

कम्पनीको भदाै ३१ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६ प्रतिशत नगर गरी कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । याे लाभांश भाेलिकाे सभामा पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले बाेनस सेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पुँजीकाे १:०.५० अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने घाेषणा पनि गरेकाे छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज ११ गते बुकक्लोज गरेकाे थियाे । त्यसैले, असोज १० गतेसम्म नेप्सेमा काराेबार भइ कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको