Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्यालीकाे साधारण सभा आज, लाभांशसहित हकप्रद प्रस्ताव पारित हुँदै

अर्थ संसार

आइतबार, २४ असोज २०७८, ०६ : २६ मा प्रकाशित

अरुण भ्यालीकाे साधारण सभा आज, लाभांशसहित हकप्रद प्रस्ताव पारित हुँदै

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे वार्षिक साधारण सभा आज (असाेज २४ गते, आइतबार) हुँदैछ । कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चाैबिसाैँ वार्षिक साधारण सभा होटल ल्याण्डमार्क दरबारमार्ग, काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि सुरू हुनेछ ।

कम्पनीले हालको कोभिड-१९ को जोखिम कायमै रहेको कारणले नेपाल सरकारले जारी गरेको सुरक्षा मापदण्डको पूर्ण पालना गरी सभा सम्पन्न गर्नुपर्ने विशेष परिस्थितिका कारण शेयरधनीहरूलाई भर्चुअल माध्यमबाट उपस्थितीको लागि आग्रह गरेकाे छ ।

कम्पनीको भदाै ३१ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६ प्रतिशत नगर गरी कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । याे लाभांश आजकाे सभामा पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले बाेनस सेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पुँजीकाे १:०.५० अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने घाेषणा पनि गरेकाे छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज ११ गते बुकक्लोज गरेकाे थियाे । त्यसैले, असोज १० गतेसम्म नेप्सेमा काराेबार भइ कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको