Like us!
Follow us!
Connect us!
Watch us!

फोर्ड नेपालको रोडसाइड असिस्टेन्सको घोषणा

अर्थ संसार

सोमबार, २५ असोज २०७८, ०९ : २७ मा प्रकाशित

फोर्ड नेपालको रोडसाइड असिस्टेन्सको घोषणा

फोर्ड नेपाल (जि.ओ अटोमावायल्स प्रा. लि) ले यस चाडपर्वको उपलक्ष्यमा आफ्नो ग्राहकको सहज र झन्झटरहित यात्राको लागि रोडसाइड असिस्टेन्सको घोषणा गरेको छ ।आउँदो दशैँ र तिहारलाई मध्ये नजर राख्दै आफ्नो ग्राहक वर्गको सुविधाको लागि रोड साइड असिस्टेन्सको योजना ल्याएको हो । 

फोर्ड नेपालको प्रतिनिधिसँगको कुराकानीको सन्दर्भमा यस चाडबाडको समयमा सबैको व्यापार व्यवसाय बन्दहुने र कामदारहरुको कमी हुने कारणले गर्दा गाडी बिग्रिएको अवस्थामा स्थानीय सर्भिस पाउन कठिन भन्दै यस्तो समयमा फोर्ड नेपालले महत्वपूर्ण भूमिका खेल्दै आफ्ना सेवाग्राहीहरुलाई आफूले गरेको बाचा निभाउन रोडसाइड असिस्टेन्स मार्फत सेवाप्रदान कम्पनीले जनाएको छ ।

 फोर्ड नेपालले नेपालका प्रमुख दुई राजमार्गलाई लक्षित गर्दै दुई स्थान (सिन्धुली र कुरिनटार) मा सर्भिस क्याम्प नै स्थापना गरी ग्राहक वर्गलाई सेवा प्रदान गर्नेछ । यो स्थानहरु काठमाडौंबाट बाहिरिने मुख्य बाटो मध्ये पर्दछ र नेपालको अरु स्थानमाग्राहकहरुको सेवा सुविधाको लागि नेपालभरि रहेको हाम्रो सर्भिस सुविधा सञ्जाल सक्रिय अवस्थामा रहनेछ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको