जि.ओ. अटोमोबाइल्स प्रा.लि(जि.ओ फोर्ड) ले नेपाली बजारमा नयाँ संस्करणको नेक्स्ट जेन फोर्ड एभरेष्ट भित्राएको छ । शक्तिवान, परिष्कृत र रोमाञ्चक ड्राइभलाई मध्यनजर गरी बनाईएको यस एसयूभीमा असाधारण आराम, ग्राहक केन्द्रित टेक्नोलोजीका साथ एड्भेन्चर रेडी फिचरहरु पनि रहेको छ ।
नेक्स्ट जेन फोर्ड एभरेष्ट नेपालमा २.० लि. बाई टर्बो डिजेल ईन्जिनमा १०–स्पीड अटोमेटिक ट्रान्समिसनका साथ उपलब्ध छ । यसले २१० पी.एस.पावर र ५०० एन.एम टर्क प्रदान गर्दछ ।
जि.ओ. अटोमोवाईल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले भने– ‘नेक्स्ट जेन फोर्ड एभरेष्ट उत्कृष्ट क्षमताहरुका साथ प्रभावशाली सुविधायुक्त एक नवीनतम तथा असल एसयुभी हो । यसले नेपाली ग्राहक तथा एड्भेन्चर प्रेमीहरुले अपेक्षा गरे भन्दा माथि उत्रिन सफल हुनेछ । यसको परिष्कृत मुल्यले नेक्स्ट–जेन एभरेष्ट धेरै नयाँ ग्राहकहरुको ईच्छाएको र छनौटको एसयुभी बन्नेमा हामी विश्वस्त छौँ ।
बाहिरबाट शक्तिवान, भित्री आरामदायी
पूर्ण चौडाईको कोस्ट–टू–कोस्ट इन्स्ट्रुमेन्ट प्यानल र सेन्टर कन्सोलद्वारा विस्तारित फराकिलोपनको आभास दिदैँ, नेक्स्ट–जेन एभरेष्टले आरामदायी र सुविधाजनक ड्राइभको लागि वायरलेस चार्जिङ र इलेक्ट्रिक पार्किङ ब्रेक जस्ता अन्य धेरै सुविधाहरू प्रदान गर्दछ । दुबै दोस्रो र तेस्रो पङ्क्तिको सीटहरू सुरक्षित लामो यात्राको लागि फ्ल्याट फोल्ड डिजाइन गरिएको छ । फोर्डको ग्लोबल डिजाइन डीएनए अन्तर्गत सी–क्ल्याम्प हेडल्याम्प र बलियो तेर्सो माथिल्लो ग्रिल बारमा प्रतिबिम्बित हुन्छ । अगाडिको छेउमा तेर्सो र ठाडो तत्वहरूको मिश्रणले यसको उपस्थितिलाई थप दरिलो बनाउँछ ।
नेक्स्ट–जेन फोर्ड एभरेष्ट आकर्षित र साहसिक यात्राको लागि यसको केन्द्रिय क्षमताको साथ डिजाइन गरिएको छ । प्रिमियम स्तरको कला कौशलले भित्री भाग बनाईएको छ जसमा सात जना सम्म लाई शान्त र परिष्कृत वातावरणका साथै उत्कृष्ट प्रविधि र सुरक्षाले प्रत्येक यात्रालाई थप यादगार बनाउँछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस