फोर्ड इन्डियाले नेपालमा रहेका आफ्ना ग्राहकहरुलाई फोर्ड गाडीहरुमा सेवा, पार्टपुर्जा र वारेन्टीका लागि निरन्तर सहयोग गर्ने घोषणा गरेको छ । अमेरिकी कार निर्माता कम्पनी फोर्डले सेप्टेम्बर २०२१ देखि भारतमा आफ्नो उत्पादन प्रक्रिया बन्द गरेपछि यो निर्णय आएको हो ।
फोर्डले #कमिटेड टू सर्भ (#CommittedToServe) नामक नयाँ अभियान सुरु गरेको छ । यस अभियानले उपभोक्ताहरुलाई पार्टपुर्जा, मर्मत सम्भार, सर्भिसिङ्ग र वारेन्टीको सहयोग प्रदान गर्ने कम्पनीको प्रतिवद्धतालाई जोड दिन्छ ।
फोर्ड इन्डियाका मार्केटिङ, सेल्स र सर्भिसका कार्यकारी निर्देशक विनय रैनाले भने, “पारिवारिक अनुभूतिको प्रतिवद्धता जस्तै फोर्डको सेवाको बारेमा कमिटेड टु सर्भ अभियान अघि बढाइएको हो जसअनुरुप सदाझैँ फोर्ड तपाईंहरुको साथमा छ भन्ने विश्वस्त पार्ने बारेमा हो । यो प्रतिवद्धता नेपालमा जि.ओ. फोर्डमा रहेका सक्षम र व्यावसायिक टोली मार्फत तपाईंहरुलाई दिइ रहनेछ । "
यस प्रतिवद्धतालाई दोहोर्याउँदै जि.ओ. अटोमोबाइल्स प्रा. लि. का प्रबन्ध निर्देशक आकाश गोल्छा भन्छन्, “हामी फोर्ड एभरेष्ट, फोर्ड रेन्जर र फोर्ड र्याप्टर जस्ता मोडलहरु तेस्रो मुलुकबाट आयात जारी राख्नेछौं र स्पेयर पार्टस्को उपलब्धता र वारेन्टी पनि उपलब्ध गरिरहने छौं । यसले नेपालभरि रहेका फोर्डको सेवा केन्द्रहरुबाट सेवा निरन्तर राख्न सहयोग गर्नेछ र हामीलाई ग्राहकहरुलाई अझ प्रभावकारी रुपमा सेवा दिन मद्दत गर्नेछ ।”
यस कम्पनी र यसका उत्पादनहरुप्रतिको विश्वासका लागि ग्राहकहरुलाई धन्यवाद दिँदै, कम्पनीले पारिवारिक अनुभूतिको रुपमा उत्कृष्ट सेवाहरु प्रदान गर्ने आफ्नो प्रतिवद्धतालाई पुनः पुष्टि गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस