Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंककाे “सुरक्षित दशैँ मनाऔं” अभियान

अर्थ संसार

सोमबार, २५ असोज २०७८, १३ : ४१ मा प्रकाशित

सिभिल बैंककाे “सुरक्षित दशैँ मनाऔं” अभियान

सिभिल बैंक लिमिटेडले यस वर्षको दशैँको अवसरमा “सुरक्षित दशैँ मनाऔं” भन्ने नाराका साथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अगाडी ल्याएको छ ।

वडा दशैंको नवाैँ दिन अर्थात नवमीमा भक्तजनहरुको मन्दिरहरुमा बाक्लो घुइँचो लाग्ने हुँदा कोरोना संक्रमणको जोखिम बढी हुने संभावनालाई मध्यनजर गर्दै बैंकले काठमाण्डाैँको तलेजु भवानी, काल भैरब, नरदेवी तथा कन्केश्वरी अजीमा देवीको मन्दिर परिसरमा फेसमास्क तथा स्यानीटाईजर वितरण गर्ने भएको छ ।

यसले वडा दशैंमा श्रद्धालु भक्तजनमाझ कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने कुरा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बताएका छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको