Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको साधारण सभा कार्तिक १६ मा, मर्जर सम्बन्धि विशेष प्रस्ताव लैजाँदै

अर्थ संसार

मंगलबार, २६ असोज २०७८, ०८ : २१ मा प्रकाशित

सिटिजन्स बैंकको साधारण सभा कार्तिक १६ मा, मर्जर सम्बन्धि विशेष प्रस्ताव लैजाँदै

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बैंकको पन्ध्रौँ साधारणसभा आह्वान गरेको छ । सभा कार्तिक १६ गते बिद्युतिय माध्यामबाट बैंकको केन्द्रिय कार्यलय नारायणहिटी मार्ग दरबारमार्ग काठमांडौमा साँझ ४ बजेबाट सुरु हुनेछ । 

बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि असोज २२ गते एक दिन बुकक्लोज गरिसकेको छ । त्यसैले असोज २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

साधारणसभाले प्रस्तावित लाभांश सहित मर्जरको बिशेष प्रस्ताव समेत पारित गर्नेछ । त्यसैगरी, सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक  नियुक्ती  गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

बैंकको असोज ८ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको