Like us!
Follow us!
Connect us!
Watch us!

साफ उपविजेता नेपाली टिम स्वदेश फिर्ता, फ्यानले भव्य स्वागत (फोटो फिचर )

अर्थ संसार

सोमबार, ०१ कार्तिक २०७८, १२ : ४१ मा प्रकाशित

साफ उपविजेता नेपाली टिम स्वदेश फिर्ता, फ्यानले भव्य स्वागत (फोटो फिचर )

पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा आयोजना भएको १३औं साफमा नेपाल दोस्रो भएको हो । नेपाल फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग ३-० गोल अन्तरले पराजित भएको थियो । 

नेपाली टिम बिहान १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएको थियो । नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपदाधिकारी लगायतले भव्य स्वागत गरे ।

 नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताई भने फाइनल अघि नै  राजीनामा दिइसकेका कारण माल्दिभ्सबाट कुवेत पुगेका छन,।

यस्तै राष्ट्रिय टोलीका सदस्य रोहित चन्दसमेत नेपाल झरेनन् । व्यावसायिक फुटबलका लागि इन्डोनेशिया लिग वान खेलिरहेका रोहित जाकार्ता नै लागेका छन् । यसअघि रोहित जाकार्ताबाट सिधै माल्दिभ्स पुगेका थिए । 

पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो । भारतले भने राउण्ड रोबिन लिगको शीर्ष स्थानमा रहँदै फाइनल खेलेको हो ।

लिग चरणमा नेपालले माल्दिभ्सलाई १-० र श्रीलंकालाई ३-२ ले हराएको थियो । यस्तै भारतसँग १-० ले  पराजित हुँदा अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेको थियो । 

616d1b8a233ed.jpg 616d1b8a3f994.jpg 616d1b8b61465.jpg 616d1b8b641c8.jpg 616d1b8c4a9a0.jpg 616d1b8c53226.jpg 616d1b8d02eb3.jpg 616d1b8d31f10.jpg 616d1b8da62fa.jpg 616d1b8e19f57.jpg 616d1b8e52cff.jpg 616d1b960e433.jpg 616d1b9643689.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको