Like us!
Follow us!
Connect us!
Watch us!

रोनाल्डोसँग सम्झौता नवीकरणको प्रयास गर्दैछौं- निर्देशक, अल नासर

अर्थ संसार

शुक्रबार, १६ जेठ २०८२, ०६ : ४४ मा प्रकाशित

रोनाल्डोसँग सम्झौता नवीकरणको प्रयास गर्दैछौं- निर्देशक, अल नासर

अल नासरले क्रिस्टियानो रोनाल्डोसँग सम्झौता नविकरणको वार्ता भइरहेको जानकारी दिएको छ । अल नासरका निर्देशक हिएरोले रोनाल्डोसँग सम्झौता नवीकरणको प्रयास भइरहेको बताएका हुन् ।

उनले रोनाल्डोको साउदी प्रो लिगमा उपस्थिति शुरु देखिनै राष्ट्रिय प्रोजेक्ट भएको बताउदै उनको आगमनले साउदी लिगलाई ठुलो फाइदा भएको बताएका छन् ।

उनले भनेका छन्- 'उनी फुटबलको इतिहासकै विशाल पात्र हुन्, उनले साउदी लिगलाई ठुलो बनाउन ठुलो सहयोग गरेका छन् । हामी उनको सम्झौता नवीकरण गर्न सम्पर्कमा छौं र आशा छ कि उनी हामीसँग निरन्तर रहनेछन् ।'

उनले रोनाल्डोको टिमसँग सम्झौता नवीकरणको नेगोसियसनमा रहेको र सहमति हुनेमा आफुहरु आशावादी रहेको बताएका छन् ।

रोनाल्डोले यस सिजनको अन्तिम खेलपछि आफ्नो यो च्याप्टर क्लोज भएको उल्लेख गर्दै सामाजिक सञ्जालमा अल नासर छोड्ने संकेत गरेका थिए । उनको अल नासरमा जुन ३० सम्म सम्झौता रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको