Like us!
Follow us!
Connect us!
Watch us!

पोखरामा विश्वकै भिरालो सुपरम्यान जिपलाइन खेल्न पाइने, गिनिज बुकमा दर्ता गर्न आवेदन

अर्थ संसार

मंगलबार, ०२ कार्तिक २०७८, ११ : २१ मा प्रकाशित

पोखरामा विश्वकै भिरालो सुपरम्यान जिपलाइन खेल्न पाइने, गिनिज बुकमा दर्ता गर्न आवेदन

जिप लाइनमा विश्वमै ख्याती प्राप्त अमेरिकी ब्रान्ड 'जिप फ्लायर'को फ्रेन्चाइज रहेको हाइग्राउण्ड एडभेन्चर प्रालिले एक दशकदेखि पोखरामा सञ्चालन गरिरहेको विश्वकै भिरालो र छिटो (द वल्ड्स स्टिपेस्ट एण्ड फास्टेस्ट) जिपलाइनमा सुपरम्यान जिपलाइन खेलको सुरुवात गरिएको छ ।

सन २०१० मा नेपालमै पहिलोपटक जिपलाइनको सुरुवात गरेको  हाइग्राउण्डले एक दशक पछि आफ्ना ग्राहकलाई फरक स्वाद दिन सुपरम्यान जिपलाइन सुरु गरेको बताइएको छ ।  

समुन्द्री सतहदेखि १ हजार ५ सय पचास मिटरको उचाइमा रहेको सराङ्कोटको टप स्टेसनबाट बटम स्टेशन हेम्जा सम्म भर्टिकल ड्रप (भिरालो) ६ सय मिटर रहेको छ । यति धेरै भिरालो भएको जिपलाइन विश्वमै अरु नभएकोले गिनिज बुक अफ वल्ड रेकर्डमा 'विश्वकै भिरालो जिपलाइन'का रुपमा दर्ता गर्न आवेदन दिएको कम्पनीका चिफ अपरेटिङ अफिसर दिनेस महर्जनले बताए ।

बिश्वकै लामो मध्येको उक्त जिपलाइनको १ हजार ८ सय पचास मिटर दुरि सुपरम्यान जिपलाइनमा पार गर्न  औसत १ सय चालीस किमि प्रती घण्टाको गतिमा अधिकतम समय १ मिनेट लाग्ने महर्जन बताउँछन् ।

पोखराबाट नागबेली बाटो काट्दै करिब ४५ मिनेटको यात्रामा सराङ्कोटको टुप्पोमा पुग्दै गर्दा दक्षिणमा फेवाताल र पोखरा शहर अनि सराङ्कोटको शिरबाट उत्तरमा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरुको अदभूत दृश्यावलोकन गर्ने मौका पाइन्छ ।

३५ देखि १२० किलोसम्मका व्यक्तीले खेल्न सक्ने जिपलाइनमा १२ वर्षदेखि माथिका व्यक्तीले खेल्न सक्छ्न् । ९४ वर्षिय बेलायतकी नागरिक जुन स्कट अहिलेसम्म जिपलाइन गर्ने सबै भन्दा जेष्ठ नागरिक रहेको महर्जन बताउँछन् ।

हरेक दिन सबै उपकरणको सेफ्टी इन्सपेक्सन गरिने र हरेक महिना मर्मतको काम हुने साथै हरेक वर्ष जिप फ्लायर अमेरिकाका प्राबिधिकले सिफ्टी अडिट गर्ने महर्जन बताउँछन् । सो जिपलाइनमा प्रयोग हुने ट्रली र हार्नेस जिपलाइनको विश्वबिख्यात, उत्कृष्ट र सुरक्षीत रहेको महर्जन बताउँछन् । हाइग्राउण्डले प्रयोग गरेको ट्रली, हार्नेस, वायर लगायतको  प्रविधि नेपालमा अरु कुनै जिपलाइनमा नभएको महर्जन बताउँछन् ।

नेपालीलाई ६ हजार पाँच सय र विदेशीलाई ८ हजार पाँच सय रहेको सुपरम्यान जिपलाइनको फोटो भिडियो र टिसर्ट प्याकेजको अतिरिक्त १ हजार ५ सय रहेको छ । 

'अगाडि माछापुच्छ्रेको दृश्यले मोहित पार्दै छ भने तल हेम्जा फाँटको ग्राउण्ड स्टेशन हेर्दा मनै सिरिङ्ग हुन्छ।' महर्जन थप्छन् 'हिमालको चिसो झोँक सँगै हुत्तिन पाउनु यहाँको अर्को आकर्षण हो ।'

जिपलाइनकै ग्राउन्ड स्टेसन हेम्जामा क्यान्टिलिभर ब्रीजको मोडलमा बनाइएको टावरमा बन्जी गर्न सकिन्छ । 'यो नेपालकै पहिलो टावर बन्जी पनि हो ।' महर्जन थप्छन् 'जोडिले सँगै आङ्गालो मारेर बन्जी गर्ने  टेन्डम बन्जी पनि नेपालमा हामिले नै सुरु गर्यौं जुन अहिले निकै आकर्षणको केन्द्र रहेको छ ।' 

जिपलाइन र बन्जी गर्ने ग्राहकलाई पिक एण्ड ड्रपको  व्यवस्था पनि कम्पनीले नै गर्नेछ जसको अतिरिक्त शुल्क लाग्दैन । साथै कम्पनिले हेम्जामा छिट्टै विभिन्न एडभेन्चर खेलहरु पनि थप्ने योजना रहेको बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको