Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा अल्ट्रालाइटको योजना, मंगलबारसम्म १५ प्रतिशतसम्म छुट

अर्थ संसार

आइतबार, ११ चैत्र २०८०, २१ : ४९ मा प्रकाशित

पोखरा अल्ट्रालाइटको योजना, मंगलबारसम्म १५ प्रतिशतसम्म छुट

पोखरास्थित पोखरा अल्ट्रालाइटले फागु पूर्णिमा लक्षित योजना सार्वजनिक गरेको छ।

कम्पनीले आउँदो आइतबार अल्ट्रालाइट उडान सेवा लिने पर्यटकका लागि अधिकतम १५ प्रतिशतसम्म छुटको योजना सार्वजनिक गरेको हो। 

जसअनुसार कम्पनीले ३०, ६० र ९० मिनेटको उडान सेवामा लागू हुँदै आएको शुल्कमा क्रमशः १०, १३ र १५ प्रतिशत छुट दिने भएको छ । छुट मंगलबार सम्म लागू हुनेछ । 

अल्ट्रालाइट अन्तर्गत सामान्यतया नेपाली पर्यटकका लागि १५, ३०, ६० र ९० मिनेटको प्याकेज दर क्रमश १७ हजार ६ सय, २५ हजार ६ सय, ३८ हजार ४ सय, ५३ हजार एक सय बिस रुपैयाँ निर्धारण हुँदै आएको छ। 

साहसिक पर्यटकीय गतिविधि अन्तर्गत रहेको पोखरा अल्ट्रा लाइटमार्फत यात्रुले पोखरा शहर, माछापुछ्रे, कपुचे ताल, अन्नपुर्ण हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सक्छन् ।

 पोखरा विमानस्थलबाट उडान र अवतरण हुने उडानमा पाइलट र यात्रु गरी दुई जनाको मात्र सहभागिता हुन्छ। 

१०० किलोग्राम सम्म वजन भएका यात्रुले यो सेवा लिन सक्ने प्रावधान रहेको छ। 

पोखरामा  सन् १९९७ बाट अल्ट्रा लाइट उडान सेवा सुरू भएको हो । 

आन्तरिक र बाह्य पर्यटकको विशेष रोजाइमा परेको यो सेवा दक्षिण एसियामै पहिलोपटक नेपालमा सुरू भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको