Like us!
Follow us!
Connect us!
Watch us!

बिश्वकै सबैभन्दा लामो लकडाउन २६२ दिनपछि खुल्दै

अर्थ संसार

विहीबार, ०४ कार्तिक २०७८, ०९ : ४७ मा प्रकाशित

बिश्वकै सबैभन्दा लामो लकडाउन २६२ दिनपछि खुल्दै

अस्ट्रेलियाको सहर मेलर्वनमा लगाइएको लकडाउन आज रातीदेखि खुल्ने भएको छ । कोभिडको कारण देखाई मेलवर्नमा पटक पटक गरी २६२ दिन लागेको लकडाउन बिहीबार रातीदेखि खुल्न लागेको हो । 

महामारी फैलिएपछि मेलवर्न बिश्वमै धेरै पटक लकडाउन हुने एक मात्र सहर बनेको छ । भिक्टोरिया राज्यका प्रमुख डेनियल एन्ड्रियुजले आइतबार मेलवर्नको लकडाउन खुला गर्ने घोषणा गरेका थिए । मेलवर्न भिक्टोरिया राज्यको राजधानी सहर हो ।

मेलवर्नमा ७० प्रतिशतले पूर्ण खोप लगाएका छन् । ‘बिहीबार रातको ११ बजेर ५९ मिनेटदेखि मेलवर्नमा लकडाउन, प्रतिबन्ध र कफर््यु हुनेछैन् ’, एन्ड्रियुजले भने । ५० लाख जनसंख्या भएको मेलवर्नमा बिहीबारसम्म छैटौं पटक गरी २६२ दिनसम्म लकडाउन लागू हुनेछ । मेलवर्नमा सुरुमा सन् २०२० को मार्चमा लकडाउन भएको थियो । 

अस्ट्रेलिया र अन्य सञ्चार माध्यमहरुले यो विश्वकै सबैभन्दा लामो लकडाउन भएको बताउँदै आएका छन् । यसअघि अर्जेन्टिनाको व्युनस आर्यसमा २३४ दिन लकडाउन भएको थियो ।

सरकारले कोभिड महामारीलाई शून्यमा झार्ने रणनीति लिएको छ । यसका लागि खोप अभियानालाई तीब्रता दिएको छ ।

भिक्टोरियामा १६ वर्षमाथिका ६५ प्रतिशत भन्दाबढीले दोस्रो डोज लगाएका छन् भने ८९ प्रतिशतले पहिलो डोज लगाएका छन् । लकडाउन खुलेसँगै प्रत्येक दिन कुनै पनि व्यक्तिको घरमा बढीमा १० जना आगन्तुकले भ्रमण गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको