Like us!
Follow us!
Connect us!
Watch us!

चीनमा ओमिक्रोनको आतंकः ४५ लाख जनसंख्या भएको सहरमा तीन दिन लकडाउन

अर्थ संसार

मंगलबार, ०८ चैत्र २०७८, ०६ : ०९ मा प्रकाशित

चीनमा ओमिक्रोनको आतंकः ४५ लाख जनसंख्या भएको सहरमा तीन दिन लकडाउन

चीनले देशको उत्तरपूर्वमा लाखौँ मानिसहरुलाई घरमै बस्न आदेश दिएको छ । कोभिड–१९ का घटनामा फेरि बृद्धिसँगै सरकारले सर्वसाधारणलाई यस्तो आदेश दिएको हो ।

लक्षित क्षेत्रमा तालाबन्दी, सामूहिक परीक्षण र यात्रा प्रतिबन्ध जस्ता तरिका अप्नाएर सन् २०२० को सुरुमा चीन सरकारले कोभिडलाई नियन्त्रणमा राख्न सफल भएको थियो । तर, पछिल्लो समयमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन कारण संक्रमण फैलिएको छ ।

जिलिन प्रान्तको दोस्रो ठूलो सहर जिलिनमा सोमबार रातिदेखि तीन दिन लकडाउन घोषणा गरिएको छ । जिलिनमा ४५ लाख मानिस बसोबास गर्छन् ।

पछिल्लो २४ घन्टामा चीनमा  ४ हजार भन्दाबढी कोभिडका नयाँ संक्रमित भेटिएका थिए । एजेन्सी
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको