Like us!
Follow us!
Connect us!
Watch us!

ताप्लेजुङमा तीन दिनदेखि सञ्चार सेवा अवरुद्ध, बैंकिङ कारोबारमा समेत समस्या

अर्थ संसार

विहीबार, ०४ कार्तिक २०७८, १४ : ०९ मा प्रकाशित

ताप्लेजुङमा तीन दिनदेखि सञ्चार सेवा अवरुद्ध, बैंकिङ कारोबारमा समेत समस्या

तीन दिनदेखि ताप्लेजुङमा सञ्चार सेवा अवरुद्ध भएको छ । केही दिनदेखिको अविरल वर्षाका कारण उत्पन्न समस्याले सबै प्रकारका दुरसञ्चार सेवा अवरुद्ध भएको हो ।

नेपाल टेलिकमबाट प्रवाह हुने ल्याण्डलाइन फोन सेवा, इन्टरनेट, मोबाइल सेवा मंलबारदेखि अवरुद्ध छन् । वर्षाका कारण इलामको फिक्कल, इटहरी र विराटनगरका टावर र अपलिंक फाइफरमा समस्या आएपछि ताप्लेजुङमा सबै सञ्चार सेवा बन्द भएको नेपाल दुरसञ्चार कार्यालय ताप्लेजुङका सूचना अधिकारी सुदीपकुमार महतोले बताए । तत्काल सेवा सुरु गर्न प्रविधिक टोलीले काम गरिरहेको र कहिले सम्ममा सेवा सुरु हुन्छ भन्न नसकिने महतोले बताए । अन्य मोबाइल सेवा प्रदाय एनसेल, इन्टरनेट सेवा प्रदायक सुबिसु, टेकमाइन र वर्डलिंकको सेवा पनि अवरुद्ध भएको छ । 

बैंकिङ र सरकारी कार्यालयको सेवा समेत प्रभावित

इन्टरनेट नभएसँगै यहाँका सरकारी कार्यालय तथा संघसंस्थाहरूको कार्यसम्पादनमा समेत समस्या भएको छ । मंगलबार, बुधबार र बिहीबार इन्टरनेट अवरुद्ध भएपछि बैंकिङ कारोबारमा समेत समस्या भएको छ । 

मोबाइल सेवा अबरुद्ध हुँदा धार्मिकस्थाल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्रीहरू र विश्व प्रसिद्ध कञ्चनजंघा हिमाल क्षेत्र भ्रमण गर्न आउने पर्यटकहरू समस्या खेप्नु परेको छ । ताप्लेजुङमा पुगेर साथै समयमै  होटल बुकिङ गर्न नपाउँदा तीर्थयात्री र पर्यटहरूले बास बस्नका लागि होटल नपाउने, मन्दिरसम्म जाने गाडी नपाउने आफ्न्तहरूसँग सम्र्पकविहिन हुनु पर्ने समस्या भएको छ । मोबाइल र इन्टरनेट सेवा अवरुद्धभएसँगै स्थानीय सञ्चारमाध्यमले समाचार प्रकाशन तथा प्रसारणमा समेत समस्या भएको जनाएका छन् । 

निरन्तरको वर्षाका कारण राष्ट्रिय प्रसारण लाइन पनि दुई दिन अवरुद्ध भएको थियो । बिहीबार विहानदेखि प्रसारण लाइनले काम गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको