Like us!
Follow us!
Connect us!
Watch us!

कर्णाली राजमार्गका ठाउँठाउँमा पहिरो, सडक अवरुद्ध

अर्थ संसार

विहीबार, ०४ कार्तिक २०७८, १४ : १९ मा प्रकाशित

कर्णाली राजमार्गका ठाउँठाउँमा पहिरो, सडक अवरुद्ध

कर्णाली राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली राजमार्गको दैलेख, कालीकोट र जुम्लाका दर्जनाैं ठाउँमा पहिरो खसेकाे छ । 

कर्णाली राजमार्गअन्तर्गत  दैलेखको गुराँस गाँउपालिका-२ मटीया खोलामा माथिबाट सुख्खा पहिरो खस्न गई सडक पूर्ण रूपमा अवरुद्ध भएकाे र अहिले खुलाउने प्रयास भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

जुम्लाको हिमा गाँउपालिका-५ भूगोल पाटास्थित बिहान ८ बजे नाग्मा मुगु सडकखण्डमा माथिबाट पहिरो खस्न गई पूर्ण रूपमा अवरुद्ध भएको छ । 

त्यस्तै, कालीकोटकाे खाँडाचक्र नगरपालिका-२ शेरीघाटमा पहिरो झरी सडक पूर्ण रूपमा अवरुद्ध भएको र स्थानीय तहसँगसमन्वय गरी सडक खुलाउने पहल भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको