Like us!
Follow us!
Connect us!
Watch us!

तालिवानले महिला खेलाडीको टाउको काटेर हत्या गरे

अर्थ संसार

शुक्रबार, ०५ कार्तिक २०७८, १७ : १४ मा प्रकाशित

तालिवानले महिला खेलाडीको टाउको काटेर हत्या गरे

तालिवानले अफगानिस्तानकी एक महिला भलिबल खेलाडीको टाउको काटेर उनको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेको छ । काबुल नगरपालिका भलिबल क्लबकी खेलाडी महजबिनलाई जिहादीले टाउको काटेर हत्या गरी  सामाजिक सञ्जालमा तस्विर राखेको उनका प्रशिक्षकले पर्सियन इन्डिपेन्डेन्टसँगको एक अन्तर्वार्तामा भनेकी छिन् । 

महजबिनलाई तालिवानले अफगानिस्तानको सत्तापलट गर्नुअघि हत्या गरेको जनाइएको छ । तालिवानले मध्यअगस्टमा काबुल कब्जा गरेका थिए । कतिपयले उनले आत्महत्या गरेको बताएका छन् । सार्वजनिक भएको एक तस्विरमा उनको घाँटीमा चोट लागेको देखिन्छ । 

जिहादीले उनका परिवारलाई घटना गुपचुप राख्न दबाब दिएकाकारण त्यस बारेमा अहिले खुलासा भएको प्रशिक्षकले  बताएकी छिन् । उनको बिभत्स तस्विर देखेपछि आफूले घटनाबारे खुलासा गर्ने निर्णय गरेको उनका कोचले बताएका छन् । 

घटनापछि भलिबल टिमका सम्पूर्ण साथी र महिला खेलाडी त्रसित बनेको विवरणमा जनाइएको छ । यस्तै, अफगानिस्तानस्थित प्याक इन्भेटिगेटिभ जर्नालिजम सेन्टरले तालिवानले टाउको काटेर हत्या गरेको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको