Like us!
Follow us!
Connect us!
Watch us!

यौन सम्पर्क गर्न नमानेको भन्दै जब तालिबान कमान्डरले किशोरीलाई निर्घात कुटे...

अर्थ संसार

मंगलबार, ३० कार्तिक २०७८, १३ : ०८ मा प्रकाशित

यौन सम्पर्क गर्न नमानेको भन्दै जब तालिबान कमान्डरले किशोरीलाई निर्घात कुटे...

यही अगस्टमा पुरानो सत्ता ढालेर नयाँ सरकार गठन गरेकाे तालिबान समूहले महिला र पुरुषलाई बराबर अधिकार दिने बताएको थियो । तालिबानले महिलालाई अधिकार र थप सुरक्षा प्रदान गर्ने जनाए पनि त्यो ‘एकादेशको कथा’ भएको छ । बरु, तालिवान सत्तामा पुगेपछि  महिलामाथि शृंखलाबद्ध बर्बर हिंसा भएका छन् । युवतीहरूलाई विद्यालय जान रोक लगाइएको छ ।

तालिवानले सत्तापलट गर्दा घरमै बस्न भनेका महिला कर्मचारी अझै पनि कार्यलयमा फर्किन पाएका छैनन् । सरकारमा महिला सहभागीता शून्य छ । उनीहरुको बोली र व्यावहारमा तालमेल हुन सकेको छैन् । 

एक पछिल्लो घटनामा अफगान किशोरीलाई तालिबान कमान्डरले निर्घात कुटेका छन् । किशोरीले यौन सम्पर्क गर्न अस्वीकार गरेपछि तालिवानले कुटेका हुन् । 
सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा भिडियोमा किशोरीको शरीरमा निलडाम र चोट देख्न सकिन्छ । हेरात प्रान्तमा सो घटना भएको हो । 

ट्विटरमा सेयर गरिएको एउटा भिडियोमा कमान्डरले कुटेपछि ती किशोरी चिच्चाएकी देखिन्छन् । किशोरीको पिँठ्यु, खुट्टालगायत शरीरका अन्य अंगमा चोट लागेको छ । तर, तालिवानले यी सबै आरोप अस्वीकार गरेको छ । किशोरी बलात्कारमा कमान्डरको कुनै संलग्नता नरहेको तालिवानले दाबी गरेका छन् । 

गृहमन्त्रालयले सो घटनामा संलग्न रहेको आशंकामा एक किशोर र किशोरीलाई सार्वज्निक गरेको छ । तालिवानले घटनालाई अन्यत्रै मोड्न खोजेको स्थानीयले आरोप लगाएका छन् । 

तालिबानले आफ्ना कमान्डरको लाज छोप्न र विषयलाई तोडमोड गर्न त्यस्तै प्रकृतिको अर्को भिडियो बनाएको स्थानीयले बताएका छन् । तालिवानले सार्वजनिक गरेको भिडियोमा देखिएकी किशोरी वास्तविक पीडित नभएको जनाइएको छ । 

‘काबुलको १२ औं जिल्लामा आफूमाथि बलात्कारको आरोप लगाउने किशोरीलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको छ,’ तालिबानका उपप्रवत्ता इनामुल्लाह समनगानीले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको