Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

अर्थ संसार

आइतबार, ०७ कार्तिक २०७८, ०५ : ३० मा प्रकाशित

कुमारी बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

कुमारी बैंक लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (कार्तिक ७ गते, आइतबार) अन्तिम दिन रहेकाे छ । 

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भाेलि कार्तिक ८ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (कार्तिक ७ गते, आइतबार) सम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

बैंककाे २१औँ वार्षिक साधारण सभा कार्तिक १६ गते मंगलबार, कुमारी बैंक लिमिटेड, नक्साल, काठमाडाैँमा बिहान ११:३० बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । 

सभामा बैंकको असाेज ११ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि २.६७ प्रतिशत नगद गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा बैंककाे सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको वार्षिक प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तसम्मको बैंकको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण सहितका लेखा परिक्षण सम्बन्धी अनुसूचीहरू छलफल गरी पारित गर्ने, बैंकको आर्थिक वर्ष २०७८/०७९ को आय व्ययको लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू सभामा पारित हुनेछन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको