Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीकाे सेयरमूल्य समायोजन, कुनकाे कतिमा खुल्छ काराेबार ?

अर्थ संसार

सोमबार, ०८ कार्तिक २०७८, ०६ : १५ मा प्रकाशित

नेप्सेमा २ कम्पनीकाे सेयरमूल्य समायोजन, कुनकाे कतिमा खुल्छ काराेबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुमारी बैंक लिमिटेड र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ ।

कुमारी बैंककाे ६ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता २ सय ६४ रूपैयाँ १५ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले आइतबारकाे अन्तिम कारोबार मूल्य २ सय ८० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंककाे २१औँ वार्षिक साधारण सभा कार्तिक १६ गते मंगलबार, कुमारी बैंक लिमिटेड, नक्साल, काठमाडाैँमा बिहान ११:३० बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । 

सभामा बैंकको असाेज ११ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि २.६७ प्रतिशत नगद गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १६.९०६४ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ३ सय ४८ रूपैयाँ ०९ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले आइतबारकाे अन्तिम कारोबार मूल्य एक हजार ५ सय ७६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाकाे छैठाैँ वार्षिक साधारण सभा कार्तिक २२ गते, साेमबार न्यू अञ्जुली हाेटल, धनकुटामा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा संस्थाकाे असाेज १० गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.८८९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको