उचित काम र जीवनबीच सन्तुलन खोज्नु हामीकहाँ कुनै नौलो विषय होइन । तर, कोभिड-१९ महामारीले यी दुई पक्षबीच तनावको स्थिति सिर्जना भएको छ । श्रमिकका कामको प्रकृति, यसको अर्थ र उद्देश्यले कसरी जीवनमा असर गर्छ भन्ने विषय चर्चाको केन्द्रमा छ ।
अध्ययनका अनुसार सन् २०२१ मा महामारीका कारण उल्लेखनीय संख्यामा मानिसले रोजगारदाता कम्पनी छाडिरहेका वा छाड्ने योजनामा छन् । ठूलो संख्यामा आएको राजीनामाले पनि यो कुरालाई प्रतिविम्बित गर्छ । यदि हामी जीवनमा कहाँ र कसरी काम गर्ने भन्नेबारे योजना पुनर्विचार गर्दैछौं भने हामीले निर्धारण गर्ने लक्ष्यबारे सुनिश्चित रहनुपर्छ । यसले विषम परिस्थितिमा पनि सन्तुलन कायम राख्न अवश्य मद्दत पुग्छ ।
यसमा सहज रुपमा विश्वस्त रहन सक्छौं कि सन्तुलन मिलाएर गरेको कामले जीवनमा पक्कै सन्तुष्टि दिन्छ । हामी थोरै घन्टा काम गर्न सक्छौँ र खुसी रहन सक्छौँ । जटिल अवस्थामा पनि हामीले कदापि संयमता र धैर्यतालाई छाड्न सक्दैनौँ ।
तर, यो व्याख्या गरिरहेका बेला कतिपय अपवाद अवस्था पनि देखिन्छ । जस्तो कि किन कोही सेवानिवृत्तले स्वतन्त्र जागिर खोजिरहेका हुन्छन् र कोही चिट्ठा विजेता सिधै काममा जान्छन् ?
उचित कार्य र जीवन सन्तुलनलाई अगाडि बढाउने अनि कामलाई परिणाममुखी र सार्थ बनाउने हो भने हामीले कहिले, कहाँ र कसरी काम गर्छौ भन्ने कुरामा सुधार गर्न आवश्यक छ । हामी किन काम गर्छौ भन्ने अहम् प्रश्न हो । अनि, त्यसको अर्थ खुसीको स्रोत बुझ्नु हो, जसबारे हामीलाई त्यति स्पष्टता नहुन सक्छ । तर, यी सबै कुरा महामारीले गर्दा भएका हुन् भन्ने दृष्टिबाट हेरिएको छ ।
राम्रो काम र जीवनबीच सन्तुलन खोज्ने प्रयास वास्तवमै अहिलेको स्थितिमा सराहनीय छन् । कुनै पनि काम निरन्तर र सकारात्मक रुपले हाम्रो ‘वेल बिइङ’सँग सम्बन्धित छ र त्यसले हाम्रो पहिचानको ठूलो हिस्सा निर्माण गर्छ । तपाईं आफैंले आफूलाई सोध्नुहोस्, तपाईं को हो ? अनि चाँडै तपाईंले कामका लागि के गर्नुहुन्छ भनेर वर्णन गर्न सहारा चाहिने हुन्छ ।
हाम्रा कामले हामीलाई आत्मविश्वासको भावना बलियो पार्न सेवा दिने जमर्को गर्छ । अनुसन्धाताले खाली श्रमिकले प्रमाणीकरणका लागि मात्र अग्रसरता लिने गरेको उल्लेख गरेका छन् । यदि काम गर्दा भित्री भावनालाई आत्मसात गरिएमा विशेषतः हामीले केही प्रयास गरे पनि सक्षम व्यक्तिका रुपमा हाम्रो पहिचान अगाडि आउँछ । सक्षम प्रतिस्पर्धीका रुपमा हाम्रो वातावरणलाई निश्चितता अनि हाम्रो परिचयको सुनिश्चितताका लागि दक्षता प्रदर्शन गर्न जरुरी हुन्छ ।
जुनसुकै अवस्थामा पनि कामले हामीलाई खुसी बनाउँछ भने हामीलाई खाली समयको बेला पनि अन्य विकल्पमाथि चहार्नुपर्दैन। यो क्लेभर एक्सपेरियन्टको शृंखलाका रुपमा प्रदर्शन गरिएका खेलमा सहभागीलाई भद्र वा व्यस्त बन्ने अवसर रहेको हुन्छ ।
उक्त खेलमा ज्यादै थोरै सहभागीले मात्र व्यस्त रहेको भनी छनोट गरे जबकि तिनीहरुलाइ जबर्जस्ती हिँड्न वा कारण खुलाउन दबाब दिइएको थियो । अनुसन्धाताले पत्ता लगाएअनुसार जुन व्यक्तिले १५ मिनट हिँडाइको अभ्यास गरे, तिनीहरु १५ मिनट पर्खाइमा रहेका व्यक्तिको दाँजोमा खुसी रहेको भेटियो ।
अर्को शब्दमा भन्नुपर्दा यदि तपाईंले आफूलाई एउटा सक्रिय र आदर्श पात्र भएर बाँच्नुभयो भने यसले जीवनमा खुसीयाली ल्याउन पक्कै मद्दत गर्छ ।
खुसी खोज्नका लागि बाहिर भौतारिनु पर्दैन । यो त भित्रबाटै आउने चीज हो । जब कुनै व्यक्ति आफूले गरेको काममा रमाउन थाल्छ, वास्तविक र सन्तुलित खुसीको स्रोत वास्तवमा त्यही नै बन्न सक्छ ।
अधिकांश व्यक्तिले एउटै समयमा धेरै काममा हात हाल्छन् । यसले काम र जीवनबीच सन्तुलन बिगार्नसक्छ, जीवन अस्तव्यस्त बनाउन सक्छ । जीवनको कुन घडीमा कुन काम प्राथमिकतामा रहेको हुन्छ, त्यसलाई दैनिक व्यवहारमा उतार्न सकेमा त्यसले सहजता ल्याउँछ । होइन भने कतिपय अवस्थामा त काम नै व्यक्तिहरुका बोझ बन्न सक्छन् ।
तपाईं जीवनमा खुसी चाहनुहुन्छ ? जीवनदृष्टिमा केही परिवर्तन त गर्नैपर्छ । आजैदेखि काम र जीवनबीच सन्तुलनका उपाय अवलम्बन गरिहाल्नुहोस्, जसले तपाईंका लागि सम्यक जीवनयात्राको गोरेटो तय गरिदिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस