Like us!
Follow us!
Connect us!
Watch us!

शून्य लागतमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत

अर्थ संसार

सोमबार, ०४ पुस २०७९, ०७ : ०६ मा प्रकाशित

शून्य लागतमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत भएको जानकारी दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अब सरकारले बेलायत, क्यानडा, दक्षिण कोरियालगायतका आकर्षक गन्तव्य मुलुकमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत गरेको हो। 

उनले कार्यविधि स्वीकृति भएसँगै शून्य लागतमा मौसमी श्रमिक पठाउन बाटो खुलेको बताए । हालसम्म सरकारले मौसमी श्रमिक भनेरै वैदेशिक रोजगारीमा पठाएको छैन । वैदेशिक रोजगार व्यवसायी ९म्यानपावर० कम्पनीमार्फत वैदेशिक रोजगारीमा जानका लागि न्यूनतम दुई वर्ष करार अवधि तोकिएको छ तर व्यक्तिगत श्रम स्वीकृति लिएर जाँदा करार अवधि यति नै भनेर नतोकिएका कारण मौसमी श्रमिकका रूपमा पनि श्रम स्वीकृति लिएर कतिपय गन्तव्य मुलुक पुगिरहेका छन् ।

बेलायत, दक्षिण कोरिया, क्यानडालगायत देशमा मौसमी श्रमिकको माग आउने गरेको र यस कार्यविधिले सरकारीस्तरबाट पठाउन बाटो खुलेको छ। मौसमी श्रमिक विशेष गरी छ महिनाका लागि माग हुने गरेको छ। 

मौसमी कामका लागि युवाको आकर्षण बढेसँगै ठगीको जोखिम बढ्न थालेपछि सरकार आफैँले शून्य लागतमा मौसमी श्रमिक पठाउने तयारी गरेको मन्त्री कुँवरले जानकारी दिए।    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको