नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ज्योति विकास बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ ।
स्टकका अनुसार “९ प्रतिशत ज्याेति विकास बण्ड, २०८७” को १५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
ज्योति विकास बैंक लिमिटेडले असार २० गते आइतबारबाट असार ३० गते, बुधबारसम्म १० वर्ष अवधिको लागि “९ प्रतिशत ज्याेति विकास बण्ड, २०८७” नाममा १ अर्ब ५० करोड रूपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको थियाे । साेही ऋणपत्र आज नेप्सेमा सूचिकृत भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस