Like us!
Follow us!
Connect us!
Watch us!

शाइन रेसुङ्गा स्मार्ट मार्फत सुरु भयो इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स् सेवा

अर्थ संसार

आइतबार, १४ कार्तिक २०७८, १७ : २४ मा प्रकाशित

शाइन रेसुङ्गा स्मार्ट मार्फत सुरु भयो इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स् सेवा

इसेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ।  यस सम्झौतासँगै अब विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका नेपालमा रहेका कुनैपनि शाखा कार्यालयबाट भुक्तानी गर्न सकिनेछ ।

यसैगरी यस बैंकका खाता सञ्चालन भएका सम्पुर्ण ग्राहकहरुले विदेशबाट पठाएको रेमिट्यान्स् सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सकिनेछ । शाइन रेसुङ्गा स्मार्ट अर्थात यस बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरेर इसेवा मनी ट्रान्सफर मार्फत नेपालभरी रहेका इसेवाका नेटवर्क मार्फत जुनसुकै ठाउमा रेमिट्यान्स् पठाउन र जुनसुकै ठाउँवाट पठाएको रकम प्राप्त गर्न सकिनेछ ।

सम्झौतामा इसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेस कोइराला र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले हस्ताक्षर गरेका थिए ।

यस सम्झौता बमोजिम विदेशमा रहेका  नेपालीहरुले सिधै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको खातामा पैसा पठाउन सकिनेछ र नेपालमा रहेका बैंकका ग्राहकहरुले सेवा उपभोग गर्न शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल एप डाउनलोड गरी त्यहाँ रहेको रेमिट्यान्स् आइकनमा जानु पर्ने हुन्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको