Like us!
Follow us!
Connect us!
Watch us!

यती डेभलपमेन्ट बैंकद्धारा शैक्षिक सामाग्री वितरण

शनिबार, ०३ असार २०७४, १० : ४४ मा प्रकाशित

यती डेभलपमेन्ट बैंकद्धारा शैक्षिक सामाग्री वितरण

अर्थ संसार, तनहुँ– यती डेभलपमेण्ट बैँक लिमिटेडले  विद्यार्थीहरुलाई स्कुल व्याग वितरण गरिएको छ ।  श्री अन्नपूर्ण राष्ट्रिय प्राथमिक विद्यालय आँबुखैरेनी  गाउँपालिका २ ढकालटार तनहुँका  ६७ जना विद्यार्थीहरुलाई  एक कार्यक्रमका बीच शुक्रबार स्कुल व्याग वितरण गरिएको हो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय पाण्डे, अभिभावक संघका अध्यक्ष  सम्झना बुढाथोकी  प्रधानाध्यापक गोवद्र्धन अधिकारी लगायतको सहभागीतमा यती डेभलपमेण्ट बैँक लिमिटेड आँबुखैरेनी शाखाका म्यानेजर नविन गिरिले  झोला  वितरण गरिएको हो  ।

संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बैँकले विद्यार्थीहरुलाई व्याग वितरण गरिएको  म्यानेजर नविनले गिरिले बताए । श्री अन्न पुर्ण राष्ट्रिय प्राथमिक विद्यालय आँबुखैरेनी २ ढकालटारमा विपन्न  तथा दलित विद्यार्थीहरुहरु रहेका कारण छनौट गरि  व्याग वितरण गरिएको  म्यानेजर गिरिको भनाई छ ।

व्याग वितरण कार्यक्रममा बोल्दै  विद्यालयका प्रधानाध्यापक गोवद्र्धन अधिकारीले गरिव तथा दलित विद्यार्थीहरुलाई सहयोग गरेकोमा बैँकलाई धन्यवाद दिदैँ  यस क्षेत्रमा रहेका धेरै विद्यालयका विद्यार्थीहरु विपन्न समुदायका भएकाले अन्य विद्यालयहरुमा पनि यसरी सहयोगका हातहरु फैलाउन आग्रह गरे ।

साथै अधिकारीले बैँकले संचालन गरेको सामाजिक उत्तरदायित्व कार्यक्रमको सफलताको कामना गरे । कक्षा पाँच सम्म  पढाई हुने यस विद्यालयमा ७५ प्रतिशत  दलित विद्यार्थीहरु छन ।
 
बैँकका देशभर रहेको शाखाहरुले आफ्नो कार्य क्षेत्रभित्रमा संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत यस्ता सामाजिक  कामहरु गरिरहेको छ ।  आबुँखैरेनी शाखाले पनि  श्री अन्नपुर्ण आँबुखैरेनी ढकालटार सहित दुई विद्यालयमा विद्यार्थीहरुलाई स्कुल व्याग  वितरण गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको